प्रहरी घेराभित्र कसैलाई बन्धक बनाउनु लोकतन्त्रको उपहास : डा. भीमार्जुन आचार्य

Open photo

काठमाडौँ- संविधानविद् डा. भीमार्जुन आचार्यले प्रहरी घेराभित्र कसैलाई बन्धक बनाउनु लोकतन्त्रको उपहास भएको बताएका छन् । व्यवसायी दुर्गा प्रसाईंलाई सरकारले घरमै नजरबन्दमा राखेपछि आचार्यले यस्तो बताएका हुन् ।

1

उनले शान्तिपूर्वक भेला हुने र विरोध गर्ने स्वतन्त्रता संविधानले नै ग्यारेन्टी गरेको बताए । कसैले निषेधित काम गर्छ भने जवाफदेही बनाउन सकिन्छ, उनले भने ।

1

सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘शान्तिपूर्वक भेला हुने र विरोध गर्ने स्वतन्त्रता संविधानले नै ग्यारेण्टी गरेको हक हो । कसैले निषेधित काम गर्छ भने जवाफदेही बनाउन सकिन्छ । तर, प्रहरी घेरामा कसैलाई घरभित्रै बन्धक बनाउनु लोकतन्त्र कै उपहास हो । फेरि तपाईंहरू को यो लुटतन्त्र चुनाव सम्म त सुरक्षित नै छ, किन यति अत्तालिएको ?’

 

111