ब्यबस्थापन समितीको अध्यक्ष आफ्नो पक्षमा बनाउन घर-घर चाहार्दै र अभिभावकसग हस्ताक्षर गराउदै शिक्षकहरु , छैन चासो  शैक्षिक गुणस्तर सुधारको

Open photo

अर्घाखाँची –  अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ११ डिभर्नामा रहेको बिजय मा बि को अभिभावक भेला मङ्सिर ५ गते सम्पन्न भए शैक्षिक गुणस्तर थियो । भेलाबाट विद्यालय व्यवस्थापन समिती छनोट गर्ने भनी बोलाईएको उक्त भेलामा अभिभावकको न्यून उपस्थिति भएको पाईएको छ २०० भन्दा माथी अभिभावकको उपस्थिति हुनुपर्नेमा जम्मा ८० जना अभिभावकहरु मात्र उपस्थित भएपछी विद्यालयका केहि शिक्षकहरुले अभिभावक भेटन घरदैलो अभियान चलाएको पाइएको छ ।

1

विद्यालयका शिक्षकहरू बिहान घामको झुल्को सङ्गै विद्यार्थीको घरमा पुगि अभिभावकलाई दवाब दिई हस्ताक्षर गराएको गुनासो आए पछि अभिभावकसँग बुझ्दा

उहाहरुले हाम्रा छोराछोरीको पढाईको बारेमा कहिल्यै चिन्ता र चासो लिएर हाम्रो घर नटेकेको तर उहाहरुको मान्छे व्यवस्थापन समितिको अध्यक्ष बनाउन लागि पर्नुभएको देख्दा विद्यालयको शैक्षिक गुणस्तर कसरी विकास होला र भन्दै अभिभावक आक्रोशित भएका छन ।

111Open photo

अन्य समाचारहरु