सुरुवाती अवस्थामा डरलाग्दो रुपमा फैलिए पनि अहिले भने औषधिको प्रयोग जनमानसमा चेतनाको विस्तारका कारण एड्स सामान्य भइसकेको विशेषज्ञ बताउँछन्।
काठमाडौं – आज विश्व एचआईभी एड्स दिवस। नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइदैछ। विश्व एड्स दिवस २०२३ को नारा ‘समुदायले नेतृत्व गरौं’रहेको छ। एचआईभी एड्स नेपालमा १९८८ मा पत्ता लागेको हो। महामारीकै रुपमा फैलिएको यो रोगका कारण २९ हजार ५ सय १८ जनाको मृत्यु भइसकेको छ भने ७० हजार ५ सय १२ जनामा संक्रमण फैलिएको छ।
जसमध्ये २९ हजार १५ वर्षभन्दा माथिका १३ हजार महिला र १६ हजार पुरुष छन्। ३० हजार संक्रमित भने १५ वर्ष मुनिका बालबालिका र किशोरकिशोरी रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्यांकमा उल्लेख छ ।
रोग फैलिएको लामो समयपछि २००४ सालमा मात्रै नेपालमा यसको उपचार सुरु भएको हो। जसबाट २४ हजार २ सय ३६ जना संक्रमित लाभान्वित भएका छन्। नेपालमा २०२३ मा ३४४ जना संक्रमितको मृत्यु भएको छ भने यो अवधिमा ४८८ जना नयाँ संक्रमित थपिएका छन्। सुरुवाती अवस्थामा डरलाग्दो रुपमा फैलिए पनि अहिले भने औषधिको प्रयोग जनमानसमा चेतनाको विस्तारका कारण एड्स सामान्य भइसकेको विशेषज्ञ बताउँछन्।