काठमाडौं – उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ ।
न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पा, सानु भण्डारी , सन्देश शर्मा , गोविन्द चौधरी र सागर राईलाई थुनामै राख्ने आदेश दिएको हो ।
तर, पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा छाड्ने वा थुनामा राख्ने भन्ने विषयमा दुई न्यायाधीशबीच न्यायाधीशबीच मत बाझिएको छ ।