एनसेललाई त्यतिकै छाडिन्न, अध्ययन गरिन्छ : प्रधानमन्त्री

Open photo

काठमाडौं- निजी टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद–विक्री सम्बन्धमा सरकारले अध्ययन गर्ने भएको छ । यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको नेतृत्वमा अध्ययन समिति बनाइने भएको छ ।

1

‘म यहाँ (नेपालमा) नभएका बेला क्रेता र विक्रेताले १ सय ३० अर्बको सेयरलाई ६ अर्बमा बेच्ने कुरा भयो भन्ने बुझें,’ प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार सिंहदरबारमा पत्रकारहरुसँग भने,‘दुईवटा क्रेता–विक्रेताले जे मनलाग्यो त्यो गर्न पाउँदैनन् । त्यतिकै छोडियो वा छोडिन्छ भन्ने कुरा होइन ।’

एनसेलको शेयर खरीद–विक्रीबारे सोमबार नै प्रधानमन्त्री दाहालले मुख्यसचिव बैकुण्ठ अर्यालसँग छलफल गरेका छन् । छलफलपछि मन्त्री शर्माको नेतृत्वमा टिम बनाएर अध्ययन गर्ने निश्कर्ष निकालिएको प्रधानमन्त्री दाहालले बताए ।

1

उनले भने, ‘यसमा दूरसञ्चार प्राधिकरणको पनि चासो छ । करको पनि चासो छ ।’ सरकारले पहिले पनि एनसेलबाट कर असुलीका लागि जोड गरेको प्रधानमन्त्री दाहालले बताए । उनले भने, ‘पहिला पनि सरकारले कर उठाउनुपर्छ भन्नेमा जोड गरेकै हो, विधि विधानअनुसार जानुपर्छ ।’

1

विदेशी लगानी रहेको एनसेलबाट मलेसियन होल्डिङ कम्पनी आजियाटाले ८० प्रतिशत सेयर सतिशलाल आचार्यको कम्पनीलाई विक्री गरेको विषयमा सरकार मौन रहेको आरोप लागिरहेका बेला प्रधानमन्त्री र मुख्यसचिवले सोमबार यसबारे छलफल गरेका हुन् ।

एनसेलको शेयर खरिद–विक्रीलाई रोक लगाउने, नलगाउनेबारे भने अध्ययनपछि मात्रै टुंगो लाग्ने प्रधानमन्त्री दाहालको भनाइ छ ।

111Open photo