नेपालीहरु युक्रेनबाट पनि युद्ध लडिरहेका छन् : प्रधानमन्त्री दाहाल

Open photo

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालीहरु युक्रेनबाट पनि युद्ध लडिरहेको बताउनुभएको छ ।

1

प्रधानमन्त्री कार्यालयमा सोमबार नेपाली मिडियाका सम्पादकहरूसँग छलफल गर्दै उहाँले रुसी सेनामा मात्रै नभएको भन्दै युक्रेनबाट पनि नेपालीहरू युद्ध लडिरहेको दावी गर्नुभयो । केही दिन अघि मात्र सञ्चारमन्त्री रेखा शर्माले रुसी सेना नेपालीहरु भएको बारे आधिकारीक जानकारी नभएको बताएका थिए । सरकारले सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने भन्दै प्रधानमन्त्री दाहालले यसले बैंकमा ब्याज खाएर बस्ने अवस्था अन्त्य हुने बताउनुभयो ।

योगदानकर्तालाई सेयर दिने विषयमा पनि सोच रहेको भन्दै प्रधानमन्त्री दाहालले कोषमा ७० देखि ८० खर्ब जम्मा भइसकेको जानकारी दिनभयो । कोप सम्मेलनपछि नेपालले ऐतिहासिक आर्थिक लाभ पाउने दाबी गर्दे वर्तमान सत्ता गठबन्धन अहिले एकजुट भएको दावी गर्नुभयो । छलफलमा उहाँले टिकटक बाहेकका अन्य सामाजिक सञ्जालमा अहिले केही नहुने भन्दै टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णय प्रति पुनर्विचार हुने बताउनुभयो ।

1

प्रधानमन्त्री दाहालले जाजरकोट भूकम्पबाट घर भत्किएका परिवारलाई अस्थायी आवास निर्माणका लागि एकमुष्ट ५० हजार रुपैयाँ उपलब्ध गराउनु बताउनुभयो । अस्थायी आवास बनाउन समस्या भए प्रहरी र सेना लगाएर आवास बनाउनका लागि सहयोग उहाँले भनाई छ । १३० अर्बको एनसेल सात अर्बमा बिक्री गर्न नमिल्ने भन्दै उहाँले यस विषयमा अध्ययन नगरी अघि नबढ्न प्रष्ट पार्नु भयो ।

छलफलमा प्रधानमन्त्री दाहालले कोप-२८ मा नेपालले निभाएको भूमिका, पहिला पटक भएको गोलमेच सम्मेलन र नेपालको प्रस्तुति लगायतबारे सम्पादकहरूलाई भएको ब्रिफिङ गर्नु भएको थियो ।

 

111Open photo