परराष्ट्रमन्त्री साउद कतार प्रस्थान, विपीन जोशीको रिहाइका लागि पहल गर्ने

Open photo

काठमाण्डाै – परराष्ट्रमन्त्री एनपी साउद २१औँ दोहा फोरममा सहभागी हुन आज कतार प्रस्थान गर्नुभएको छ।

मन्त्री साउदले भोलिदेखि कतारमा शुरु हुने दोहा फोरममा सहभागिता जनाउनुकासाथै उच्चस्तरीय भेटघाटसमेत गर्ने कार्यक्रम रहेको छ । भेटघाट कार्यक्रममा मन्त्री साउदले हमासको नियन्त्रणमा रहेका भनिएका विपीन जोशीको रिहाइका लागि पहल गर्ने उहाँको सचिवालयले जनाएको छ ।

इजरायलमा नेपाली नागरिक लिन परराष्ट्रमन्त्री साउद आफैं जाने | Nagarik News1

मन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग भेट गर्ने कार्यक्रम रहेको छ । यो भेटमा विपीन जोशीकाे रिहाइका लागि पहल गरिदिन विशेष आग्रह गरिने सचिवालयले जनाएको छ।

मन्त्री साउदले यसअघि मंसीर ८ गते राज्यमन्त्री मुखारीसँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा पनि जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो।

111Open photo