-टेकराज भुसाल ।
अर्घाखाची । भूमिकास्थान नगरपालिका अर्घाखाँचीका कृषि अधिकृत रामबहादुर थापाले अर्घाखाँची जिल्लालाई प्याजमा आत्मनिर्भर बनाउने दावी गर्नुभएको छ।
साेमबार पत्रकार टेकराज भुसालसँग कुरा गर्दै अधिकृत थापाले प्रधानमन्त्री राेजगार कार्यक्रम अन्तर्गत बेरोजगार कर्मशिल जनशक्तिलाई राेजगारी दिने, प्याजकाे आयातलाई राेकेर निर्यात गरी अर्घाखाँची जिल्लालाई प्याजमा आत्मनिर्भर बनाउने उद्धेश्यले भूमिकास्थान नगरपालिकाले ७० केजी
भन्दा बढि प्याजकाे बीउ वार्ड नम्बर २ ढाकावाङ्गकाे खाकाबेशी, वार्ड नम्बर ६ काे दुर्वाङ्ग, वार्ड नम्बर ८ काे नगरपालिका कार्यालय आसपास र वार्ड नम्बर ९ काे सानो डेभामा राखी प्याजका बिरुवाहरु उत्पादन गरेको र ती बिरुवाहरु तयार भएपछि नगरपालिकाले कृषि उत्पादन कार्यक्रम अन्तर्गत लिजमा लिएका जग्गामा रोपिने बताउनु भयो।
पालिकाले लिजमा लिएको २०० राेपनी क्षेत्रफलमा लगाइने उक्त प्याजका बिरुवाबाट १ राेपनी बराबर ७ देखि ११ क्विन्टलसम्म उत्पादन गर्ने लक्ष्य रहेको बताउनु भयो।
पालिकाले यसभन्दा पहिला गतकाे खेती गरेकाे बताउदै प्याज खेतीसँगै आगामी दिनमा माैसम अनुसारका अन्य खेती गर्ने समेत कृषि अधिकृत थापाले बताउनु भयो।