जुत्ताभित्र आधा किलो सुन लुकाएर काठमाडौं छिर्न लागेका दुई जना पक्राउ

Open photoकाठमाडौं । जुत्ताभित्र लुकाएको आधा किलो सुनसहित प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चेक प्वाइन्टबाट शुक्रबार प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

1

पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका–२ बस्ने ३९ वर्षीय हितेस कुमार साह र भारत पंजाबका ३४ वर्षीय तर्सिम सिङ रहेका छन् । चेकप्वाइन्टमा सवारीसाधन जाँच गर्ने क्रममा वीरगञ्जबाट आउँदै गरेको बा.प्र ०३–००१ ख १७२७ नम्बरको बसमा सवार साहलाई जुत्ताभित्र लुकाई ल्याएको करिब ४५० ग्रामको सुनसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

1
त्यस्तै सुनको ब्रास्लेट ९ थानसहित करिब ४० ग्राम सुनसहित भारतका सिङ पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । ना.५ ख ६२१७ नम्बरको बसमा सवार सिङले झोलाभित्र लुकाएर सुन ल्याइरहेका थिए । दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

111Open photo

 जुत्ताभित्र लुकाएको आधा किलो सुनसहित प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चेक प्वाइन्टबाट शुक्रबार प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।