केशबराज ज्ञवाली
मानव अधिकार तथा शान्ती समाजले देशमा ब्याप्त भ्रष्टाचार र कुशाशनले नागरिक आक्रोशित भएको बताएको छ । विश्व मानव अधिकार दिवस डिसेम्बर १० को दिन बाट मानवाधिकार सप्ताह मनाउदै लोकतन्त्रको प्राण सुशासन र सद्भाव बिषयक नागरिक संवाद सुरु गरेको समाजले आफ्नो अवधारणा पत्र सार्वजनिक गर्दै यस्तो बताएको हो ।
मानव अधिकार तथा शान्ती समाज अर्घाखाँची शाखाले आज सन्धिखर्कमा आयोजना गरेको नागरिक संवाद कार्यक्रममा बोल्दै वक्ताहरुले लोकतन्त्र संग जिवनयापनका कुरा पनि जोड्नुपर्नेमा जोड दिएका हुन । लोकतन्त्र र मानवअधिकारका नाममा राजनितिक व्याख्या मात्र बढी गर्ने गरिएको भन्दै सरोकारवालाहरुले अब मानव जिवनका सबै पाटाहरुलाइ हेर्नुपर्ने सुझाव पनी दिए ।
नागरिक संवाद कार्यक्रममा बोल्दै मानव अधिकार तथा शान्ती समाजका वरिष्ठ केन्द्रिय उपाध्यक्ष कृष्ण बहादुर रावलले बर्तमान अवस्थामा राजनितिक दलहरुको अकर्मण्यताले लोकतन्त्रमाथी आक्रमण बढ्दै गएको भन्दै तत्काल दलहरुलाइ सच्चिएर जान सुझाव दिए । देशमा मानव अधिकार र लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी दलहरुको नै भएको भन्दै उनले दलहरु तत्काल सच्चिनुको बिकल्प नभएको जिकिर गरे ।
कार्यक्रममा शिक्षक संघका अधक्ष्य शारदा भट्टराई , पत्रकार महासंघका प्रदेश सदस्य प्रेम आचार्य , अर्घाखाँची डटकमका सम्पाद्क सन्तोष कुमार केसी , मानव अधिकार तथा शान्ती समाज अर्घाखाँचीका पुर्व अधक्ष्य अशोक पौडेल , पत्रकार केशबराज ज्ञवाली , नेत्र मरासिनी , भावना मगर लगायतले आफ्ना धारणा राखेका हुन ।
मानव अधिकार तथा शान्ती समाज अर्घाखाँचीका अध्यक्ष निलकण्ठ भुसालले अध्यक्षता गरेको नागरिक संवादको कार्यक्रममा समाजका केन्द्रिय वरिष्ठ उपाध्यक्ष रावल प्रमुख वक्ता रहेका थिए भने कार्यक्रमको संचालन सुरज रायमाझिले गरेका थिए ।