अर्घाखाँची ; नेकपा (मशाल) जिल्ला समितिका सदस्य एवं राष्ट्रिय परिषदका स्थायी सदस्य गंगाराम खनालले सो पार्टी परित्याग गरि नेकपा (मसाल) निकट रहेको राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् ।
खनालले २०८० पौष २ गते एक प्रेस वक्तव्य जारि गरि मशाल परित्याग गरेको घोषणा गरेका हुन् । उनले विस २०३८ साल देखि नेकपा (मसाल) निकट रहेको राष्ट्रिय जनमोर्चाको विभिन्न तहमा रहि विभिन्न जिम्मेवारी वहन गर्दै आएका थिए । पछि नेकपा (मसाल) को आठौं महाधिवेशन पछि पार्टी चिरा परेको अवस्थामा खनाल नेकपा मशालमा पुगेका थिए ।
खनालले आफुले बिगतका दिनमा बाटो बिराएको भन्दै आत्मालोचना गरेका छन , उनले मशाल पार्टी सिद्दान्त र बिचार जस्तो हुन नसकेको भन्दै आफ्नै पुरानै घर फर्किदै नेकपा मसालको बैधानिक मोर्चा जनमोर्चामा रहने निधो गरेको बताएका छन