सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धी निर्देशिका स्वीकृत

काठमाडौं- सरकारले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धी निर्देशिका स्वीकृत गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धी निर्देशिका २०८० स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

1

बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ दफा २ को खण्ड ख को प्रयोजनका लागी राष्ट्रिय जनगणना २०७८ को कुल जनसङ्ख्यामध्ये शून्य दशमलव ५ प्रतिशत भन्दा कम जनसङ्ख्या रहेका अल्पसङ्ख्यक जातजाती (दलितबाहेक) लाई अल्पसङ्ख्यकको रुपमा तोक्ने निर्णय गरेको छ भने अपाङ्गता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीति २०७९ पनि स्वीकृत गरेको प्रवक्ता शर्माले बताइन् ।

1

त्यस्तै बैठकले राष्ट्रिय बालबालिका नीति २०७९ स्वीकृत गरेको शर्माले जानकारी दिइन् ।

 

111Open photo