बालकुमारीमा प्रहरीको निर्मम व्यवहार, परिणाम मृत्यु

काठमाडौं । देशभित्र रोजगारीको अभावमा दिनहुँ सयौं युवा विदेशिईरहेका छन् । युवाहरु विदेश गईरहेका मात्रै छैनन् तिनै युवाले पठाएको रेमिट्यान्सको भरमा मुलुक चलिहरेको छ । सिंहदरबारमा बसेर कालो शिशाको गाडीमा साइरन बजाउँदै हुँइकिने मन्त्री होउन वा तिनै मन्त्रीको सुरक्षामा खटिने सुरक्षाकर्मी, तिनीहरुको खर्च जुटाउने प्रमुख आधार पनि रेमिट्यान्स नै हो । तर, विदेशमा तेस्रो दर्जाको कामका लागि जान पाउनुप¥यो भन्दै प्रदर्शनमा उत्रिएका युवाले प्रहरीको कुटाईबाट मृत्युवरण गर्नुपरेको छ ।

1

केही समय अघि कोरियाका पानीजहाज निर्माणका कम्पनीहरुमा जानका लागि परीक्षा दिएका तर असफल भएका युवाहरुले केही दिनदेखि कोरियाको उत्पादनमूलक क्षेत्रका लागि पनि परीक्षा दिन पाउनु पर्ने माग गर्दै इपीएस कार्यालय अगाडि प्रदर्शन गर्दै आईरहेका थिए ।

कोरिया जाने आसामा कोरियाली भाषा पढेर बसेका युवाहरुलाई यो वा त्यो बहानामा परीक्षाबाट बञ्चित गरिनु ईपीएस कार्यालयको ज्यादती थियो । प्रदर्शनकारी युवाहरुको माग जायज थियो भन्ने पुष्टि पाटन उच्च अदालतको शुक्रबारको आदेशले पनि प्रमाणि गरिदिएको छ ।

1

अघिल्ला दिनहरुमा जस्तै शुक्रबार पनि युवाहरुको एउटा समूह ललितपुरको बालकुमारीस्थित इपीएस कार्यालय अगाडि धर्ना र प्रदर्शनका लागि पुगेका थिए । तर इपीएस कार्यालयले न उनीहरुका कुरा सुन्यो नत उनीहरुसंग संवाद नै गर्न चाह्यो । उल्टै प्रहरीले युवाहरुमाथि बल प्रयोग ग¥यो । करीब तीन हजारको संख्यामा रहेका युवाहरुमाथि प्रहरीले अनावश्यक बल प्रयोग गर्ने तथा अश्रुग्यास प्रहार गर्ने गरेको प्रदर्शनमा सहभागी पवन योनजनले बताउनुभयो ।

प्रहरीले भने उत्तेजित युवाहरुले मन्त्रीको गाडी जलाएपछि मात्रै कारबाही सुरु गरेको दाबी गरेको छ । प्रहरी आफैं पनि प्रदर्शनकारीमाथि गोली भने नचलाएको बताईरहेको छ ।

झट्ट हेर्दा भौतिक पूर्वाधार मन्त्री तनावग्रस्त क्षेत्र हुँदै जानु नै अनपेक्षित दुर्घटनाको कारण जस्तो देखिन्छ । तर त्यस क्षेत्रमा तैनाथ प्रहरीले संयमता गुमाएकोमा शंका छैन । मारिएका मध्ये दैलेखका सुजन रावतको छातिमा बन्दुकको कुञ्दाको डाम प्रष्ट देखिन्छ । यो डामले प्रहरीले नजिकैबाट नियतबश प्रहार गरेको देखाउँछ ।

अछामका वीरेन्द्र शाहको मृत्युको कारण भने प्रहरीले अझै प्रष्ट पारेको छैन । फिल्डमा खटिएको प्रहरीले गोली नचलाएको बताउनुले शाहको मृत्यु पनि लाठीचार्जबाटै भएको हो भन्ने अनुमान लगाउन सकिन्छ । मृतक शाहका भाइ निरज शाहले आफ्ना दाजुको मृत्युको कारण थाहा पाउनु त कता हो कता अस्पतालमा पाँच घण्टासम्म बस्दा हेर्नसम्म नदिएको गुनासो गरे ।

1

सामान्य माग लिएर प्रदर्शनमा उत्रिएका युवाहरुमाथि भएको यो खालको दमन मानवअधिकारको गम्भीर उल्लंघन त हो नै यसले गृह प्रशासनको असहिष्णु व्यवहार पनि प्रष्ट पारेको छ । – इमेज

 

111