१ वर्षमा १६ लाख बढी नेपाली विदेश गए, ७१ हजार जनाले स्थायी बसोबास गर्न मुलुक नै छाडे (विवरणसहित)

काठमाडौं : सन् २०२३ मा विभिन्न प्रयोजनका लागि १६ लाखभन्दा बढी नेपालीमा विदेश गएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यो वर्ष १६ लाख ३ हजार ८३६ नेपाली विदेशिएका हुन् । जसमा ११ लाख ७१ हजार १८६ जना पुरुष र ४ लाख ३२ हजार ५८४ जना महिला रहेका छन् ।

वर्ष २०२३ मा १६ लाख नेपाली गए विदेश, रोजगारीका लागि विदेशिने बढी, कुन देशमा कति ? – Insurance Khabar1

अध्यागमन विभागको तथ्यांकअनुसार यो वर्ष ७० हजार ९१५ जनाले स्थायी बसोबास गर्न आफ्नो मुलुक छाडेको खुलाएका छन् । जसमा ३६ हजार ६६३ जना पुरुष र ३४ हजार २५१ जना महिला रहेका छन् ।
विभागका अनुसार अस्थायी बसोबासका लागि भन्दै ९२ हजार ३४९ जनाले नेपाल छाडेका छन् । जसमध्ये ५१ हजार ८७६ जना पुरुष र ४० हजार ४६८ जना महिला रहेका छन् ।
यो वर्ष सबैभन्दा धेरै नेपाली यूएई गएका छन् । यूएईमा १ वर्षमा २ लाख ७१ हजार ८८ जना नेपाली पुगेका छन् । यसैगरी १ लाख ८० हजार ६०२ जना भारत र १ लाख ७९ हजार ४४१ जना नेपाली कतार प्रस्थान गरेका छन् । – एनपि
                                                    
1