काठमाडौं । बलात्कार मुद्दामा पक्राउ परेका जिल्ला न्यायाधीश भुवन गिरीकी पत्नीले सर्वोच्च अदालतअगाडि आत्मदाहको प्रयास गरेकी छन् ।
न्यायाधीश गिरीकी पत्नी आरतीले अदालतबाहिर आत्मदाहको प्रयास गरेकी हुन् । आइतबार दिउँसो उनले आफ्नो शरीरमा मट्टितेल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुंगेलका अनुसार जिउँमा मट्टितेल खन्याएको देखेपछि प्रहरीले रोकेका थिए ।
आरतीले गिरीविरुद्ध वैवाहिक बलात्कारको आरोपमा उजुरी दिएकी छन् ।