काठमाडौं । मन्त्रालयको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसर पारेर सरकारका प्रवक्तासमेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले आफ्नो कार्यप्रगति सार्वजनिक गरेकी छन् ।
बिहीबार साथै मन्त्रालयले सुशासन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर अघि बढेको, प्रधानमन्त्रीले अघि सारेको सुशासन, सामाजिक न्याय र समृद्धिको कार्यदिशा कार्यान्वयन गर्न भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिअन्तर्गत मन्त्रालय आफैले पनि केही विषयको अध्ययन र छानबिन गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एक वर्षे कार्यकालको समीक्षात्मक रिपोर्ट सार्वजनिक गर्ने क्रममा सामाजिक सञ्जालको प्रयोगकर्तालाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका, २०८० र राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० लगायतका नीति तथा कानुन स्वीकृत भई कार्यान्वयनको क्रममा रहेको बताइन् ।
यस्ता छन् मन्त्री शर्माले एक वर्षमा गरेका कामका मूख्य उपलब्धिहरु