हुण्डीको आशंकामा नरेश अग्रवालको घरमा राजस्वको छापा, २ करोड बरामद

spot_img

काठमाडौँ राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौँको क्षेत्रपाटीबाट स्रोत नखुलेको दुई करोड ३० लाख रकमसहित चार जनालाई पक्राउ गरेको छ ।

1

व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेपछि उक्त रकम फेला परेको बताइएको छ । बरामद गरिएको रकम कारोबारको हुनसक्ने अनुमान गरिएको छ । 

पक्राउ पर्नेमा अग्रवाल र उनका ३ जना सहयोगी रहेका विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए। 

पक्राउ परेकाहरुविरुद्ध थप अनुसन्धानका लागि हिरासतमा राख्न आजै अदालतबाट म्याद लिने विभागको तयारी रहेको विभागका महानिर्देशक ढुंगानाले बताए। 

 

111