-हरि प्रसाद भुसाल
पाणिनी- राष्ट्रिय स्वतन्त्र पार्टी पाणिनीको वैठक दुर्गाफाँटमा सम्पन्न भएको छ ।
पार्टीका जिल्ला संयोजक हरिप्रसाद भुसालको विशेष उपस्थितीमा सम्पन्न बैठकले माघ २० को खुला सभा लक्षित प्रचार प्रसार तिव्र बनाउने निर्णय गरेको छ ।
पालिका स्तरमा व्यापक प्रचार प्रसार गरी खुला सभामा बढीभन्दा बढी उपस्थिती गराउने निर्णय भएको पालिका संयोजक बाबुराम घिमिरेले जानकारी दिनुभयो । बैठकले पाणिनी १ निवासी हरिप्रसाद पौडेल र पाणिनी ७ निवासी शेषराज पौडेललाई तदर्थ समितिको सदस्यमा थप समेत गरेको छ ।
बैठकमा जिल्ला संयोजक भुसालले सवैले विगत विर्सिएर नयाँ जोसका साथ संगठन निर्माणमा लाग्नुपर्ने बताउनुभयो । “हामी को कहाँबाट आयौं, विगत के थियो सम्झन जरुरत छैन ।” भुसालले भने “रास्वपाको जिम्मेवारीमा आइसकेपछि इमानका साथ काम गरौं ।
हामीलाई इमान गुमाउने छु छैन र हुनसक्दैन ।” वैठकले रास्वपा मालारानी सभापति विक्रम महतको समेत उपस्थिती रहेको थियो ।
तस्बिर: -हरि प्रसाद भुसाल