कुनै पनि निकायले मेरो खाता हेरोस्, १ करोड ८० लाख लिएको रहेछु भने सजाय भोग्न तयार छु : रवि

spot_img

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम हिनामिना प्रकरणमा प्रष्टीकरण दिएका छन् ।

सोमबार प्रकाशित समाचारबारे प्रष्टीकरण दिन पार्टी कार्यालय वनस्थलीमा आयोजित पत्रकार सम्मेलनमा उनले राज्यका कुनै पनि निकायलाई आफ्नो खाताको जाँचबुझ गर्न समेत चुनौती दिए । उनले भने, ‘मेरो खाता कुनै पनि निकायले हेरोस् । १ करोड ८० लाख मैले लिएको रहेछु भने म जुनसुकै सजाय भोग्न तयार छु ।’

1

यसअघि सोमबार ग्यालेक्सी टेलिभिजन छाड्दा सभापति लामिछानेको निजी खातामा १ करोड ८० लाख जम्मा भएको समाचार सार्वजनिक भएको थियो ।

1

सोमबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले आफ्नो निजी खातामा १ करोड ८० लाख भएको भन्नेकुरा गलत रहेको दाबी गरेका छन्।

सभापति लामिछानेले सञ्चरमाध्यमले ग्यालेक्सी छोड्दा आफ्नो खातामा १ करोड ८० लाख रुपैयाँ सहकारीकै पैसा हो भन्ने प्रमाणित गर्न खोजेर समाचार प्रकाशन गरेको बताउदै । उनले  आफूलाई ग्लोवल आईएमई बैंकले खातामा पैसा नआएको पत्र पठाएको बताए।

सोमबार कान्तिपुर दैनिकले ‘ग्यालेक्सी छोड्दा लामिछानेको निजी खातामा १ करोड ८० लाख जम्मा’ शिर्षकमा समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशन गरेसँगै सभापति लामिछानेले पत्रकार सम्मेलन गरेर बैंकलाई नसोधीकन आफ्नो विरुद्धमा समाचार लेखिएको र निजी खातामा १ करोड ८० लाख आएको कुरा गलत रहेको दाबी गरेका छ्न् ।

1

सभापति लामिछानेले सञ्चारकर्मीमाथि पर्सनल अट्याक गर्नु आफ्नो गल्ती भएको स्वीकार समेत गरेका छ्न् ।

 

111