टेलिकमका पूर्वनिर्देशक पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पक्राउ

spot_img

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाउँदा उपस्थित नभएपछि नेपाल टेलिकमका पुर्वप्रवन्ध निर्देशकमा सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई पक्राउ गरेको छ ।

गैरकानूनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा बयानमा नआएपछि उनीहरूलाई पक्राउ गरेको अख्तियार उच्च स्रोतले बतायो । अख्तियारले शान्तिनगर र मण्डिखाटारस्थित दुवैका निवासमा अख्तियार टाेलीले छापा मारी कागजात नियन्त्रणमा लिएको छ ।

दुवैजना भ्रष्टाचार मुद्दामा मुछिएका व्यक्ति हुन् । २०८० असोज १५ मा अख्तियारले सुनिल पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

त्यस्तै २०८० वैशाखमा विकल पौडेलसहितका व्यक्तिविरुद्ध करिब ७० करोड रुपैंया मागदाबीसहित अख्तियारले दायर गरेको थियो । मुद्दा दायरपछि दुवै निलम्बनमा छन् ।