अबदेखि सांसदहरूको हाजिरी हरेक दिन सार्वजनिक गरिने

spot_img

अबदेखि संघीय सांसदहरू हाजिरी हरेक दिन सार्वजनिक गरिने भएको छ। सोमबार नयाँबानेश्वर बसेको कार्यव्यवस्था परामर्श समिति बैठककले बैठक बसेका बेला सांसदहरूको हाजिरी त्यही दिन सार्वजनिक गर्ने निर्णय लिएको हो।

बैठकका क्रममा सभामखु देवराज घिमिरेले सांसदहरूको हाजिरीलाई लिएर हुने अनावश्यक टिप्पणी रोक्ने उपाय यही भएको बताए।

‘हाम्रो उपस्थिति विवरण दैनिक तयार गरेर पारदर्शी रुपमा सार्वजनिक गरौँ’, उनले भने, ‘माननीयहरूको उपस्थितिका विषयमा हुने टिप्पणी अन्त्य गर्ने सरल बाटो यही हो।’ यससँगै सबै सांसदहरूको विद्युतीय उपस्थिति तथा उपस्थिति विवरण संसद् सचिवालयले वेबसाइटमार्फत सार्वजनिक गर्ने भएको छ।

सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित -  हिमालखबर :: HimalKhabar - A Complete Nepali Political News Portal

त्यसैगरी बैठकमा अब यो अधिवेशनभरको कार्यतालिका पनि लागु गरिने भएको छ। बैठकमा उपस्थित कानुन मन्त्री धनराज गुरुङले कार्यतालिका लागु गरिएको बताए।

‘धेरै गृहकार्य गरेर सम्मानीय सभामुख र संसद सचिवालयले कार्यतालिका लागू गर्ने अवस्थामा पुगेका छौँ। बैठक बस्ने दिनबारे हुने द्विविधा अन्त्य गर्न सहयोग पुग्नेछ’, उनले भने।