प्रधानमन्त्रीले फागुन ६ गते सांसदले सोधेको प्रश्नको जवाफ दिने

spot_img

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ६ गते प्रतिनिधिसभाका सांसदहरूले सोधेका प्रश्वको जवाफ दिने भएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले फागुन ६ गतेलाई प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको जानकारी गराएका हुन् ।

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमका लागि समूह विभाजन भइसकेकाले समूह ३ मा रहेका सांसदहरूले फागुन २ गते दिनको ३ बजे संघीय सचिवालयका महासचिवसमक्ष आफ्नो प्रश्न लिखितरुपमा बुझाउन आग्रह गरे ।

बैठकमा विभिन्न सांसदहरूले समसायिक विषयमा सरकारसँग सोधेका प्रश्नको प्रधानमन्त्री दाहालले जवाफ दिनेछन् ।