-अनिल नेपाली, अर्घाखाँची ।
सन्धिखर्क- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सन्धिखर्क नगरपालिकाले २९आै जनयुद्ध दिवसकाे अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
पार्टीका लुम्बिनी प्रदेश सचिवालय सदस्य धर्मराज भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे । कार्यक्रममा मन्तब्य राख्दै भुसालले जनयुद्ध नेपाल र नेपाली जनताकाे परिवर्तनको आन्दोलन भएकोले परिवर्तन ल्याउनका लागि बलिदानी गर्ने सहिद परिवार घाइते परिवार वेपता परिवार सबैकाे महत्त्वपूर्ण याेगदान रहेको बताए ।
परिवर्तनलाई उल्टाउनका लागि देशी विदेशी शत्ति केन्द्र निरन्तर लागि परेको बताउदै परिवर्तनलाई बचाउन सबै एकजुट हुनुपर्ने बताए ।
कार्यक्रममा पार्टीका प्रदेश सदस्य भेष बहादुर केसि लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियोे कार्यक्रम सन्धिखर्क नगर अध्यक्ष कृष्ण हरि भुसालको अध्यक्षता काजीमान रायमाझीकाे सञ्चालनमा सम्पन्न भएको थियोे ।