-सागर परियार, अर्घाखाँची।
अर्घाखाँची- अर्घाखाँचीमा जिल्ला स्तरीय दादुरा रुबेला रोग विरुद्धको खोप अभियान संचालनको लागि अभिमुखीकरण तथा योजना तर्जमा गोष्ठी सप्पन्न भएको छ । फागुन १३ गते देखि १७ गतेसम्म जिल्लाका ६१ वटा वडामा खोप अभियान संचालन गर्नको लागि कार्यक्रम संचालन गरिएको थियो।
अर्घाखाँचीका ९ महिनादेखि ५ वर्ष मुनिका सम्पुर्ण बालबालिकाहरुलाई दादुरा रुबेला रोग विरुद्धको खोप दिन लागिएको छ । स्थानीय तह र स्वास्थ्य संस्थास्तर सम्म संचालन गरिने दादुरा रुवेला खोप अभियान संचालनको लागी सहजकर्ताको क्षमता अभिवृद्धि गर्ने, अभियान मार्फत नियमित खोप सुदृढीकरणको प्रक्रिया र औचित्यको बारेमा जानकारी गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख शिव नेपालीले बताउनु भयो ।
कार्यक्रममा गुणस्तर अनुगमन अधिकृत वाटर एड स्वास्थ्य निर्देशनालय लुम्विनी प्रदेशका मनोज नेपाल (खुसीखुसी) ले प्रदेश,जिल्ला र पालिका स्तरिय सुस्म योजना अभिमुखिकरण तथा सहजिकरण नियामित रुपमा खोप संगै सरसफाई प्रवद्र्धनको संयुक्त अनुगमन सहयोगमा सुपरिवेक्षणको भुमिका निर्वाह गर्दै सहभागीहरुलाई उत्प्रेरणा प्रदान गर्नु भएको थियो।
त्यस्तै खोप अभियानको औचित्य, कार्यनिति र खोपमा जिल्लाको अबस्थाको बारेमा स्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत बिजय बरालले सहजीकरण गर्नु भएको हो ।
कार्यक्रममा जिल्लाका शितगंगा नगरपालिका, सन्धिखर्क नगरपालिका, भुमिकास्थान नगरपालिका, पाणिनि गाउँपालिकालाई , छत्रदेव गाउँपालिका र मालारानि गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख र वडामा रहेका स्वास्थ्यक्रर्मीहरुको सहभागीता रहेको छ ।
कार्यक्रममा अर्घाखाँची अस्पतालका निमित्त प्रमुख डा.अशोक शाह,सहजकर्ता मनोज नेपाल, लगायतको सहभागीता रहेको थियो भने कार्यक्रम स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख शिव नेपालीको अध्यक्षता, कार्यक्रम सुपरभाइजर विजय बरालको स्वागत र कोल्ड चेन सुपरभाइजर सुदनराज गौतमले कार्यक्रम संचालनमा सम्पन्न भएको थियो ।