-अनिल नेपाली ,अर्घाखाची ।
७४ औं रास्ट्रिय प्रजातन्त्र दिवसको अबसरमा जिल्ला मुल समारोह समिति अर्घाखाँचीले विभिन्न कार्यक्रमको आयोजना गरि प्रजातन्त्र दिवस मनाएको छ ।
समितिले बिहान टुडिखेल बाट प्रभातफेरी निकाली बजारको विभिन्न गल्ली हुदै शान्ति बगैंचामा पुगि कोणसभा परिणत गदै शुभकामना आदानप्रदान गरेको थियो।
कार्यक्रममा जिल्ला समन्वय प्रमुख जीवनारायण कोइराला सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल ,नेपाली काग्रेसका उपसभापति बिष्णु भुसाल , नेकपा एमालेका प्रदेश सदस्य केबी भुसाल, नेकपा माओबादीका प्रदेश सचिबालय सदस्य ठाकुर सौराग लगायतका बक्ताले कार्यक्रममा शुभकामना मन्तब्य राख्नु भएको थियो।
कार्यक्रम पश्चात् नगरपालिका वडा न १ मा रहेका निर्मल नब ज्योति शुस्त मनस्थिति र युबा रबि चित्र माबी हटारी नेटामा रहेका फरक क्षमता भएका ३० जना विद्यार्थीहरुलाई स्कुल ब्याग बितरण गरेको छ।
थप तस्बिर: