कांग्रेस महासमिति बैठक : आफ्नै तागतमा चुनाव लड्छौँ, कांग्रेसीले रुखमै भोट हाल्ने अवस्था सुनिश्चित गर्छौँ – गगन थापा [ पूर्णपाठ ]

spot_img

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेश गरेका छन् । उनले सभापति देउवासँगको लामो समयको रस्साकस्सीपछि केन्द्रीय कार्यसमितिको बैठकबाट प्राप्त सुझावका आधारमा थप परिमार्जनसहित सांगठनिक प्रस्ताव पेश गरेका हुन् ।

चुनावका लागि कुनै पनि गठबन्धन गर्न नहुने र कुनै पनि कांग्रेसीले कांग्रेसको रुख चिन्हमा बाहेक अन्त भोट हाल्नका लागि दबाब दिन नपाइने भन्दै अडानमा रहँदै आएका थिए ।

थापाको सो अडानमा अन्तिम समयसम्म डटिरहेपछि बाध्य भएर देउवा पछि हटेपछि थापाले सोही मुद्दासहितको प्रतिवेदन पेश गरेका हुन् ।

मंगलबार प्रतिवेदन प्रस्तुत गर्ने क्रममा थापाले कांग्रेसका कार्यकर्ताले रुख चिह्नमै मतदान गर्ने सुनिश्चित गर्नेसमेत बताएका छन् । उनले भने, ‘पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छौं हामी भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै तागतमा एक्लै लड्ने छौँ र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न ‘रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौँ ।’

उनको ३८ पृष्ठ लामो प्रतिवेदनमा सांगठनिक अवस्था, सांगठनिक सुधार र कार्ययोजनाका २० बुँदा समेटेका छन् ।

साथै उनको प्रतिवेदनमा थप छलफल गर्नुपर्ने केही विषय र विकल्पलाई समेटेका छन् । जसमा सदस्यता, नेतृत्व चयन प्रक्रिया, समावेशीता, कार्यसमितिको संरचनागत व्यवस्था, उम्मेदवार छनोट प्रक्रिया,, भ्रातृ संघ, शुभेच्छुक संस्था, नेपाली जनसम्पर्क समिति लगायतका २० विषय समेटिएका छन् ।

पूर्णपाठ –