– लक्ष्मण घिमिरे ।
अर्घाखाँची,फागुन १२ । नेपाल खेलकुद महासंघ अर्घाखाँचीका जिल्ला सह–सचिव प्रकाश महतको सम्झनामा प्रथम प्रकाश महत स्मृती कप खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ । गएको २०७९ फागुन ७ गते विराटनगरमा भएको खेलकुद महासंघको कार्यक्रममा सहभागी हुने क्रममा महतको सडक दुर्घटनामा परी ज्यान गएको थियो । अर्घाखाँचीले होनहार युवा गुमाईरहँदा उनको सम्झनामा स्मृती कप खुल्ला क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
यही फागुन १४ गतेदेखी हुने खुल्ला क्रिकेट प्रतियोगितामा १३ टिमले सहभागिता जनाउने छन् । नेपाल खेलकुद महासंघ अर्घाखाँचीको आयोजनामा हुने प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार रुपैयाँ नगद, शिल्ड, मेडल र प्रमाणपत्र तथा द्वितिय हुने टिमले ३० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यसका अलावा म्यान अफ द म्याच, बेस्ट ब्याट्समेन, बेस्ट बलर, बेस्ट फिल्डर, राईजिङ प्लेयर अफ टुर्नामेन्ट, म्यान अफ द टुर्नामेन्ट लगायतका विधामा पनि खेलाडी पुरस्कृत गरिने नेपाल खेलकुद महासंघ अर्घाखाँचीका अध्यक्ष हेनरी बस्नेतले जानकारी दिनुभयो ।
डिउस कपी बल अर्थात सिम बलले म्याटमा १५ ओभरको खेलाईने प्रतियोगिता नकआउट चरणमा खेलाईने छ । खेलमा रुपन्देहीबाट मान्यताप्राप्त अम्पायरहरु आउने छन् भने खेलको संयोजन अर्घाखाँची क्रिकेट संघले गर्नेछ ।
१४ गतेदेखी हुने प्रतियोगितमाको पहिलो खेल ईलेभेन ब्रदर्स ‘बि’ र युएसिसी अर्घा बिच हुने आयोजकले जनाएको छ । खेलको तालिका सार्वजनिक भईसकेको छ । खेलका लागी आवश्यक पर्ने प्याड, ग्लब्स, हेलमेट लगायतका सामग्री अर्घाखाँची क्रिकेट संघले उपलब्ध गराउने छ ।
कार्यक्रममा नेकपा एमाले अर्घाखाँचीका उपसचिव सम्भु प्रसाद पोख्रेल, एमाले जिल्ला सदस्य प्रदिप नेपाली, कृष्ण बहादुर भुसाल, रिटर्नी फेडरेसनका बसन्त केसी, प्रेस
चौतारीका केन्द्रिय निर्वाचन आयोग अध्यक्ष गणेश खनाल, प्रेस चौतारी लुम्बिनी प्रदेश अध्यक्ष शोभाखर पन्थी, नेपाल पत्रकार महासंघका जिल्ला कोषाध्यक्ष रुद्रमणी भुसाल, सहसचिव अनिल नेपाली, प्रेस चौतारीका जिल्ला अध्यक्ष बसन्त श्रेष्ठ, नेपाल प्रेस युनियनका अध्यक्ष लक्ष्मण घिमिरे, अर्घाखाँची क्रिकेट संघका जिल्ला अध्यक्ष ऋिषीकेश भट्टराई लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम नेपाल खेलकुद महासंघ अर्घाखाँचीका अध्यक्ष हेनरी बस्नेतको अध्यक्षता, नेकपा एमाले अर्घाखाँचीका उपसचिव सम्भु प्रसाद पोख्रेलको प्रमुख आतिथ्यता तथा नेपाल खेलकुद महासंघका केन्द्रिय सदस्य बिष्णु परियारको सञ्चालनमा सम्पन्न भएको हो ।
तस्बिर: