काठमाडौं । आज राष्ट्रिय सभाका नवनिर्वाचित सांसदहरुको शपथग्रहण हुँदैछ । सोमबार बिहान ११.३० बजे संसद भवनको ल्होत्से हलमा शपथ ग्रहण हुने संसद सचिवालयले जनाएको छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सदस्यहरूको पदावधि फागुन २० गते आइतबार सकिएको हो । राष्ट्रिय सभा सदस्यको पदावधि ६ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाइ सदस्यको निर्वाचन हुने व्यवस्था छ ।
नयाँ संविधान अनुसार राष्ट्रियसभा गठन भएपछि पहिलोपटक कार्यकाल निर्धारण गर्न गोला प्रथा भएको थियो । त्यतिबेला ६ वर्षे कार्यकाल निर्धारण भएका सांसदको पदावधि आइतबारदेखि सकिएको हो । राष्ट्रिय सभाका अध्यक्ष र दुई राज्यमन्त्री सहित २० जनाको पदावधि सकिएको छ । स्वतन्त्र सांसद खिमलाल देवकोटाको पनि पदावधि सकिएको छ ।