काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सङ्घीय मामिला तथा सामान्य प्रशासन र शहरी विकास मन्त्रालय पाउने भएको छ ।
सत्ता गठबन्धनमा गरिएको मन्त्रालयीय भागबन्डाअनुसार एकीकृत समाजवादीको भागमा यी दुई मन्त्रालय परेको हो ।
एकीकृत समाजवादीको अहिले केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । पार्टीका तर्फबाट सरकारमा क-कसलाई पठाउने भन्ने सन्दर्भमा बैठकमा छलफल चलिरहेको छ ।
बैठकस्थलबाट पार्टी उपाध्यक्ष डा. वेदुराम भुसालले भने, “मन्त्रालय टुङ्गिएको छ । पात्रका विषयमा छलफलमै छौँ । चाँडै टुङ्ग्याउँछौँ ।”
– एनपि