काठमाडौँ – नेकपा एकीकृत समाजवादीले पार्टीका तर्फबाट दुई जना मन्त्रीको नाम टुंगो लगाएको छ ।
आज बसेको समाजवादीको सचिवालयको बैठकले मन्त्रीकाे लागि भानुभक्त जोशी र धनबहादुर बुढाको नाम टुंगो लगाएको हो । जोशीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र बुढाले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।