काठमाडौं । भारतमा १९ अप्रिल (वैशाख ७) बाट सात चरणमा लोकसभा चुनाव हुने भारतको निर्वाचन आयोगले जनाएको छ । आयोगले शनिबार पत्रकार सम्मेलनमार्फत चुनावको मिति घोषणा गरेको हो । जसअनुसार पहिलो चरणको मतदान १९ अप्रिलमा हुनेछ । त्यसपछि दोस्रो चरण २६ अप्रिलमा हुने छ । तेस्रो चरण ७ मेमा, चौथो चरण १३ मे, पाँचौ चरण २९ मे र छैठौं चरणको मतदान २५ मेमा हुने बताइएको छ ।
यसैगरी, अन्तिम सातौं चरणको मतदान जुन–१ मा हुनेछ । अप्रिल १९ बाट सुरु भएर जुन १ मा मतदानको कार्य सकिने मुख्य निर्वाचन आयुक्त राजीव कुमारले पत्रकार सम्मेलनमा जानकारी दिए । मतगणना एकैसाथ ४ जुनबाट प्रारम्भ हुने आयोगले जनाएको छ ।
भारतको केन्द्रीय निर्वाचन आयोगका अनुसार कुल ९६ करोड ८० लाख मतदाता सूचीकृत भएका छन् । जसमा ४७ करोड १० लाख महिला र ४९ करोड ७० लाख पुरुष मतदाता छन् । भारतीय संविधानमा प्रत्येक पाँच वर्षमा हुने लोकसभाको चुनावका लागि अधिकतम ५५२ वटा सिट हुन सक्ने व्यवस्था छ । अहिले भारतको लोकसभाको सिट संख्या ५४५ छ । – एएनआइ न्युज