सर्वोच्च अदालत परिसरबाट हतियारसहित दुर्गा प्रसाईंका ‘बडीगार्ड’ पक्राउ

spot_img

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई जना निजी सुरक्षाकर्मी (बडिगार्ड) लाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गरेको पाइएपछि झापाको बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्कालाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी भीम ढकालले जानकारी दिएका छन् ।

Banduk 2

प्रहरीका अनुसार उनीहरुलाई सर्वोच्च अदालतबाट प्रहरीले पक्राउ गरेको हो । सर्वोच्च अदालतमा कार्यरत प्रहरीले पक्राउ गरेर उनीहरुलाई काठमाडौँ प्रहरी परिसर समक्ष बुझाए ।

सर्वोच्चका प्रवक्ता वेदनारायण उप्रेतीले हतियारसहित अदालतमा प्रवेश गर्न नपाइने बताए । सोमबार सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइ भइरहेको छ । खड्का दुर्गा प्रसाईंको सुरक्षा गार्डका रुपमा काम गर्दै आएका व्यक्ति हुन् । प्रहरीले उनको साथबाट एउटा बन्दुक पनि बरामद गरेको छ ।