-रमेश भूसाल ,अर्घाखाँची।
सन्धिखर्क,अर्घाखाँची । पत्रकार बन्नु त स्वतन्त्र बन्नु स्वतन्त्र नै हो पत्रकार भन्नू मुल नारा सहित स्थापित स्वतन्त्र पत्रकार संघ नेपाल अर्घाखाँचीको शाखाको जिल्ला अधिबेशन चैत्र अन्तिम सातामा गर्नेगरी परिपत्र भएको छ ।
स्वतन्त्र पत्रकार संघ नेपाल को राष्ट्रीय अधिवेशन को तयारी विच यता चैत्र मसान्त भित्र सवै जिल्ला अधिवेशन सम्पन्न गर्नेगरी सम्बन्धित जिल्ला शाखालाई परिपत्र भई सकेको छ । यसै क्रममा कयौँ जिल्ला अधिवेशन चलिरहेको समयमा लुम्विनी प्रदेश अन्तर्गतका कपिलवस्तु र अर्घाखाँची जिल्ला अधिवेशन आगामी चैत्र अन्तिम हप्ता भित्र सम्पन्न गरी नयाँ कार्य समितिको सुची केन्द्रीय कार्यालयमा पठाउनेगरी कार्ययोजना वनाउन केन्द्रीय कार्य समिति वैठकले निर्देशन गरेको छ ।
लुम्बिनी प्रदेशको पहाड़ी जिल्ला अर्घाखाँचीमा २०७३ सालमा प्रथम पटक शाखा विस्तार सँगै हरी प्रसाद भूसालको अध्यक्षतामा पहिलो जिल्ला कार्यसमिति गठन भएसँगै जिल्लाले विगतमा ३ ओटा अधिवेशन सम्पन्न गरी सकेको छ ।
अर्घाखाँचीमा स्वतन्त्र र निष्पक्ष पत्रकारितालाई जोडदिदै आगामी जिल्ला अधिवेशनलाई मर्यादित रुपमा सम्पन्न गर्नेगरी आवश्यक तयारीमा रहको संस्थापक सचिव शिव वेल्वासेले वताउनु भएको छ ।
देशभर जस्तै अर्घाखाँची जिल्लामा पनि राजनीतिक दलको निकट रहदै पत्रकारिता भईरहेको अवस्थालाई मध्य नजर गर्दै स्वतन्त्र पत्रकार संघ नेपाल को समयानुकूल स्वतन्त्र गतिविधि लाई दिगो रुप दिन आवश्यक रहको वताउदै अवको नेतृत्वले प्रभावकारी भूमिका खेल्न सक्नेगरी गठन गर्न आवश्यक रहेको गुरुदेव खनालले वताउनु भएको छ ।
देशमा आमसर्वसाधारण जनता वर्तमान समयमा विभिन्न राजनीतिक दलवाट रुष्ट भईरहको परिवेशमा स्वतन्त्र पत्रकार संघ नेपालको सक्रिय भूमिका आवश्यक रहेको वताउदै समसामयिक परिवेशमा आवश्यकता वमोजिम नेतृत्व छनौट हुनेमा आफु ढुक्क भएको पत्रकार चोलनाथ पौडेलले वताउनु भएको छ ।
व्यानर स्रोत : रमेश भूसाल ।