काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि नेपाली कांग्रेसले संसद्मा उठाएका प्रश्नको जवाफ आफू तयार रहेको बताएका छन्। सहकारी ठगी गरेको भन्दै परेको उजुरीका बारेमा संसद्मा कांग्रेसले बोल्न नदिएको भन्दै जनताका माझ सार्वजनिक रुपमा सबै प्रश्नको जवाफ दिन तयार रहेको बताए।
शनिबार पार्टीले आयोजना गरेको विशेष सम्बोधन कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले विश्वभरका जनताले देख्नेगरी त्यो सार्वजनिक कार्यक्रमको लाइभ गर्ने समेत बताए।
उनले बहस गर्न कहाँ आउनुपर्ने हो आफू तयार भएको चुनौती कांग्रेसलाई दिएका छन्।
‘म कहाँ आउँ बहस गर्न, तयार छु। तपाईंका होनाहार एक से एक नेता अगाडि राख्नुस्। म एक्लै हरेक प्रश्नको जवाफ दिन्छु, जवाफ मात्रै होइन। समाधान पनि दिन्छु,’ उनले भने।