भूमिकास्थान – गत वैशाख ५ गते भूमिकास्थान ३ र ४ मा आगलागीका कारण घरबास गुमाएका पीडित वर्ग प्रति समर्पित भएर सानो सहयोग गर्दै ८२ वर्षको उमेरमा पनि समाज सेवा गरेर नै वैकुण्ठ धाम गइन्छ, मनमा शान्ति र सन्तोष हुन्छ र घरमा सधैँ ईश्वरको बास हुन्छ भन्ने विचारधाराका साथ भूमिकास्थान ४ निवासी समाजसेवी भूप प्रसाद बन्जाडेले रु. ५०,००० ( पचास हजार रुपैयाँ मात्र) सहयोग गर्नु भएको छ।
गत साता भएको आगालागीमा कुल १५ घरमा क्षति भएको थियो। उहाँले आगलागी क्षेत्रका बस्तीहरू अवलोकन गरी आपतका बेला नआत्तिई एकले अर्कालाई सहयोग गर्नुपर्छ र पीडितको पीडामा मलम लगाउनु पर्छ भनेर सबैलाई सान्त्वना दिँदै पीडित सँग भेट्घाट गरी उक्त सहयोग गरेका हुन ।
मानिस विवेकशील सर्वश्रेष्ठ सामाजिक प्राणी भएको ऊ जिउँदाको जन्ती र मर्दाको मलामी हुनुपर्छ र परस्परमा सहयोगी भावना हुनु पर्ने कुरामा जोड दिने उनको
समाजमा पार्टी पौवाको निर्माण, खोलानालाको संरक्षण र सामाजिक काममा अग्रसर ८२ वर्षीया बुबा भूप प्रसाद बन्जाडेको समाजसेवा प्रतिको मोह उदाहरणीय छ। यसले हामीलाई हाम्रो समाज र संस्कृतिको संरक्षणका निम्ति प्रेरणा दिएको छ। सबैमा समाजसेवी बन्जाडेको जस्तो व्यवहार भए समाज जीवन्त रहन्छ भन्नेमा दुइ मत छैन।
थप तस्बिर: