बाँके । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेको अनुसन्धानका लागि संसदीय छानबिन समिति नबनेसम्म संसद् चल्न नदिने बताएका छन् ।
बाँकेको कोहलपुरमा शनिबार आयोजित कांग्रेस बाँके क्षेत्र नं. १ को सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन् । उनले गृहमन्त्रीको राजीनामा नमागेर छानबिन समिति बनाउन माग गरेकोसमेत बताए ।
‘हामीले गृहमन्त्रीको राजीनामा मागेका होइनौं, संसदीय छानबिन बनाऔं, सहकारी ठगीमा उहाँको संलग्नता नदेखिए उहाँ गृहमन्त्री रहिरहनुहुनेछ । तर, संसदीय समिति बनाउन सरकार किन डराएको ?’ कोइरालाले भने ।
– एनपि