सम्पुर्ण खेलप्रेमिका तर्फबाट रामचन्द्र काफ्ले द्वारा लिखित खुल्ला पत्रमा गृहमन्त्री रबि लामिछानेलाइ ध्यानाकर्षण गराउदै नेपालमा कानुनी राज्य भएको वा नभएको बारे स्पस्ट गराउन माग गरिएको छ ।
देशमा कानुनी राज्य भएको हो अन्तर्राष्ट्रिय स्तरको खेलाडिको मुद्दामा ढिलाइ गर्दै किन कानुनको खिल्ली उडाइएको छ ? काफ्लेको प्रश्न रहेको छ । यस्तो छ खुल्ला पत्र क्रिकेटर सन्दिप लामिछाने बिरुद्धको मुद्दा फैसलामा बारम्बार ढिलाइ भएपछी नेपाली खेल प्रेमिहरु सरकार र न्याय प्रक्रिया प्रती रुष्ट भएका छन । सन्दिप दोषी या निर्दोष जे भए अनि मुद्दा प्रक्रियामा ढिलाइ गरिनु देशमाथिको घात भएको जनमानसको ठहर छ ।
सामाजिक संजाल मार्फत र देशका विभिन्न चोकमा तस्विर हरु राखेर न्याय प्रक्रिया छिटो टुङ्गो पुर्याउनु पर्ने खेलप्रेमिहरुको माग रहेको छ । नेपाली क्रिकेटलाइ अन्तरास्ट्रिय स्तरमा स्थापित गराउन महत्वपुर्ण भुमिका खेल्ने खेलाडिको मुद्दा फैसलामा ढिलाइ गरिनु नेपाली खेलमाथिको अन्यायको रुपमा हेरिएको छ । उच्च अदालत पाटनले सन्दिप लामिछानेको मुद्दा हेर्न नमिल्नेमा राखेको छ ।