-गोपाल प्रसाद भट्टराई
बैशाख–२८,अर्घाखाँची – यसपालि हिउँदे बर्षा नहुँदा आगलागी र डढेलोले मानव मात्रै होइन धर्तिमा बस्ने सबै प्राणीको जिवन कष्टकर भइरहेको छ ।
देशभर आगलागी बिकराल समस्या बनेर देखिंदा अर्घाखाँचीलाई पनि प्रभाववित बनाएको विदितै छ । जिल्लाका ६ वटा पालिका मध्ये भूमिकास्थान नगरपालिकामा यो बर्ष आगलागीले बढि क्षति पुर्याएको छ ।
गत हिउँदमा भूमिकास्थान भरि लागेको आगोले २१ घर र दुइ दर्जन बढि गोठ जलेका छन् । जंगलबाट सल्किएको आगो बस्तीमा पस्दा भूमिकास्थान–३ र ४ धारापानीमा १५ वटा घर र १५ वटा गोठ, भूमिकास्थान–५, असुरकोटको कुंडेपानीमा आगलागी हुंदा ३ वटा घर र २ वटा गोठ जलेर नष्ट हुनुका साथै ४ बर्षिय एक बालिकाको समेत जलेर मृत्यु भएको छ । यस्तै भूमिकास्थान–९ ढिकुरा र भूमिकास्थान–१ ढाकावाङ्गमा जंगलबाट लागेको आगो बस्तीमा पस्दा १/१ वटा घर र दर्जनौं गोठ जलेका छन् ।
आगलागीमा परि किसानले पालेका भैंसी, बाख्रा, कुखुरा लगायतका पशुचौपायको समेत जलेर नष्ट भएको छ । भने केही पसल समेत जलेका छन् । यसैविच भूमिकास्थानका आगलागि पिडितको आवास निर्माणको लागि राष्ट्रिय जनमोर्चाले सहयोग रकम प्रदान गरेको छ । राष्ट्रिय जनमोर्चा भूमिकास्थान नगर समितिको आयोजनामा १० वटै वडा समिति र जिल्ला समितिका पदाधिकारीहरुले संकलन गरेको राहत रकम आगलागि पिडितलाई प्रदान गरिएको हो ।
यसरी संकलित सहयोग रकम भूमिकास्थान–३ र ४ मा आगलागीबाट घर गुमाएका १५ घरपरिवारलाई राहत स्वरुप एकमुष्ठ ६७, हजार ६ सय ७५ रुपैयाँ वडास्तरिय बिपद व्यवस्थापन समितिका संयोजक तथा वडाअध्यक्ष कृष्ण प्रसाद बन्जाडेलाई हस्तान्तरण गरिएको राष्ट्रिय जनमोर्चा भूमिकास्थान नगर समिति अध्यक्ष हिमलाल बन्जाडेले जानकारी दिनुभएको छ ।
यस्तै भूमिकास्थान–५ को असुरकोट, भूमिकास्थान–९ को ढिकुरा र भूमिकास्थान–१ मा भएको आगलागीले घर गुमाएका ६ घर परिवारलाई पनि प्रतिघर ५ हजारका दरले ३० हजार रुपैयाँ हस्तान्तरण गरिएको राजमो नगर अध्यक्ष बन्जाडेको भनाई छ ।
राहत रकम बितरण कार्यक्रममा राजमो प्रदेश सल्लाहकार शेर बहादुर वि।सी।, केन्द्रिय सदस्य सागर के।सी।, भूमिकास्थान नगरप्रमुख झविलाल थापा, राजमो जिल्ला
उपाध्यक्ष गोपाल पौडेल, प्रगतिशिल पत्रकार संघका केन्द्रिय सचिव गोपाल प्रसाद भट्टराई, अखिल नेपाल युवक संघ जिल्ला अध्यक्ष रेसम वि।क।, अन्टुक जिल्ला अध्यक्ष
इन्द्रमणी भुसाल, अनेम संघ प्रतिनिधि कमला खत्री, राजमो भूमिकास्थानका नेताहरू भोजराज खनाल, मेघराज खनाल, शिव बन्जाडे, प्रकाश पौडेल, उमानन्द गैरे, जातिय समता समाजका प्रतिनिधि नुम बहादुर वि।क।लगायतको सहभागीता रहेको थियो ।
यसरी गाँस, बास र कपासको सहयोग बोकेर अग्निपिडितकोमा जाने दाताहरुलाई भूमिकास्थान नगरपालिका र पीडित परिवारले समेत धन्यवाद ज्ञापन गर्दै आगो लगाउने व्यक्ति पहिचान गरि कार्बाहीको माग गरेका छन् ।
थप तस्बिर :