काठमाडौँ – राष्ट्रिय सभामा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर नहुने बताएका छन् ।
राष्ट्रिय सभाको बैठकमा आज सम्बोधन गर्दै रवि लामिछाने सहकारी ठगि प्रकरणमा जोडिएको देखिइसकेकोले प्रधानमन्त्रीले क्लिन चिट दिएर नहुने बताए ।
लामिछानेमाथि छानबिन नगर्ने सरकारको अडानले सरकार द्वन्द्वतर्फ जान खोजेको देखिएको टिप्पणी गरेका छन् ।
सिटौलाले रवि लामिछानेको सहकारी ठगि प्रकरणमा संसदीय छानबिन समिति गठन गर्ने कांग्रेसको बटमलाइन भएको बताउँदै आफूहरुले संसदीय छानबिन समिति बनाउन मात्र माग गरेको र राजीनामा नमागेको स्पष्ट गरे ।
उनले महान्यायाधिवक्ताको कार्यालयले क्लिन चिट दिएको भन्दै नेपालको इतिहासमा यसअघि यस्तो नभएको बताए ।