–रुद्रमणी भुसाल , अर्घाखाची ।
सन्धिखर्क- सन्धिखर्क नगरपालिकाको आयोजनामा नगरभित्र रहेका सहकारीका अध्यक्ष तथा पदाधिकारीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न् भएको छ ।
अन्तरक्रिया कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले ,नगरभित्र रहेका सहकारीहरुले आर्यआर्जनसगैँ युवाहरुलाई रोजगारीमा जोड्नको लागि लगुउद्यमका कार्यक्रम संचालन गरेमा नगरपालिका सहयोग गर्न तयार रहेको बताउनु भयो ।
सहकारीहरुले ऋणमात्र लगानी लगाउन भन्दा पनि उत्पादन मुलक कार्यमा लगानी लगाउन आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुसाल , शाखा अधिकृत मञ्जु खनाल , प्रधानमन्त्रि आधुनिकिकरण परियोजना जोनका प्रमुख बिष्णु मग्राती ,जिल्ला सहकारी सर्घको अध्यक्ष प्रकाश भुसाल , अर्घाखाँची बचत रिण सहकारी सस्थाको अभ्यक्ष दोण भुसाल , जिल्ला कृषि सहकारी संघ लक्ष्मण कडेल , साथी बहुउदेश्य सहकारीका म्यानेजर रामु केसी लगायतले मनतब्य राख्नु भएको थियो ।
कार्यक्रम सन्धिखर्क नगरपालिका उपप्रमुख मिश्रा आचार्यको अध्यक्षता र मुक्ति खनालको संचालनमा सम्पन्न भएको हो ।