-सन्तोष सुनार , अर्घाखाची डट्कम ।
सन्धिखर्क ,अर्घाखाँची । श्री चन्द्र प्रभा माध्यमिक विद्यालय सन्धिखर्क नगरपालिका वाड ७ डिहिडाडामा अवस्थित विद्यालयको विद्यालय व्यवस्थापन समिती गठन भएको छ।
विद्यालयमा भेलाले निम्न उल्लेखित समिती चयन गरेको छ। समितिमा चयन भएका सदस्यहरुको नामावली यसप्रकार रहेको छ।
अभिभावक भेलाबाट निर्वाचित सदस्यहरु क्रमश (जगतबाट रुपा न्यौपाने ,फुद्द्वाङ गच्छे साविक ५ वाड बाट सन्तोष सुनार, जगत किटेनीबाट काशिराज पोख्रेल , ठकुरी टोला ,भुजुङ्गे ,लामिडाडाबाट प्रतिनिधित्व गर्दै सनपा ७ ठकुरी टोला निवासी ललिता शाह चयन हुनु भएको छ।
यसैगरि मनोनीत तर्फ निर्वाचित समितिले सोही विद्यालयका पुर्व शिक्षक तथा सहयोग दाता पद्मलोचन आचार्य र सनपा ७ फुदवाङ्ग निवासी अभिभावक सरिता खडका लाई मनोनित गरेको छ।
यसैगरि पद्मलोचन आचार्यलाई सर्वसम्मत अध्यक्ष पदमा चयन गरेको छ। भने पदेन तर्फ क्रमश सचीव दिन बहादुर थापा र जनप्रतिनिधि एवम् वाड अध्यक्ष चुरा बहादुर के सि रहनु भएको छ ।
अभिभावक भेलाको सन्योजक सन्धिखर्क नगरपालिका शिक्षा भिभाग प्रमुख मन्जु आचार्य रहनु भएको थियो। भेला एक सय बढी अभिभावक तथा स्थानिय बुद्धिजिवि शिक्षक कर्मचारीहरुको उपस्थितिमा छलफल गरि सोहार्द पुर्ण वातावरणमा सम्पन्न भएको थियो।
थप तस्बिर: