भारतमा चौथो चरणको मतदान जारी , १७ करोड बढी मतदाता सहभागी हुने

काठमाडौं । भारतमा लोकसभा चुनावको चौथो चरणको मतदान सुरु भएको छ ।

चौथो चरणमा विभिन्न १० राज्य र केन्द्र शासित प्रदेशका ९६ सिटमा बिहान ७ बजेबाट मतदान सुरु भएको हो । यो चरणमा आन्ध्र प्रदेशका १ सय ७५ विधानसभा सीट तथा ओडिशाका २८ विधानसभा सीटका लागि निर्वाचन जारी रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतमा चौथो चरणको चुनाव आज, ९ राज्यमा ७२ सिटका लागि मतदान | Khabarhub Khabarhub

आजको निर्वाचनमा समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, पूर्व क्रिकेटर यूसुफ पठान, चलचित्र अभिनेता शत्रुघन सिन्हालगायतका उमेद्वार चुनावी मैदानमा छन् । निर्वाचनका लागि १९ लाख भन्दा धेरै मतदान केन्द्र तोकिएका छन् ।

चौथो चरणको निर्वाचनमा १७ करोड ७० लाख मतदाताले निर्वाचनमा सहभागिता जनाउने त्यहाँको निर्वाचन आयोगले जनाएको छ । यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले मतदान गर्न जनतालाई अपिल गरेका छन् ।

कांग्रेस सभापति मल्लिकार्जुन खर्गेले लोकतन्त्र र संविधान बचाउन पनि मतदातालाई मतदान गर्न अपिल गरेका छन् ।

-NP NEWS