– राम प्रसाद बन्जाडे ।
भारत – अर्घाखाँची जिल्लाको भुमिकास्थानमा नगरपालिका ३ सिख्रमा जन्मिएका दिपक पोख्रेल भारतमा पुजारी पेशामा रमाएका छन । बाल्यकाल देखिनै सकारात्मक सोच भएका दिपकको यति बेला भारतमा निकै चर्चा रहेको छ । नेपालको पढाइ छोडेर भारत पसेका दिपकले त्यहा काम गर्दै अध्ययन निरन्तर जारी राखे ।
फलस्वरूप उनी भरतमा नामुद पण्डित कहलिन सफल भए । १९ वर्ष पहिला भारत हेर्न पसेका उनी अहिले भारतको हरियाणा स्थित रोतकमा रहेको मन्दिरमा पुजारी रहेर १५ वर्षदेखि हिन्दु धर्म रक्षाको कार्य गर्दै आएका छ्न । भारतलाई कर्मथलो बनाएका दिपकले आफुले बाजेका पालाको पेसा र आफु पन्डित भएको कारण मन्दीर जस्तो पबित्र ठाउको सेबा गर्न पाएकोले आफु निकै संतोषजनक रहेको बताएका छन ।
आफुले भारतलाई कर्मथलो बनाएता पनि आफ्नो राष्ट्रप्रतिको माया कायमै रहेको र आफ्नो गाउँ घरका मठ मन्दिर जस्ता पबित्रस्थलहरुको संरक्षण र उत्थानमा आफुले सहयोग गर्ने क्रममा कुनै पनि ठाउमा पछि नहट्ने पोख्रेलले बताएका छन ।
रोतकमा रहेको बिष्णु देबि मन्दिरका पुजारि पोख्रेललाई भारतबासि नेपालिहरुले धार्मिक कार्य हबन ,पुजा ,पाठ , यज्ञ जस्ता सम्पुर्ण काम गर्नको लागि गुरुको रुपमा बोलाउने र उनले पनि सहज रुपमा कार्यहरु सम्पन्न गरिदिने गरेका छन ।
अधिकांश नेपालिहरुलाइ प्रदेशमा बस्दा आफ्नो प्रचिन चालचलन र रहनसहन बाध्यताले बिर्सनु परे पनि पन्डित दिपकलाई भने गाउँ घरमा जस्तै बिहान ४ बजे उठेर भगवानको सेबा गर्दै मन्दीरमा आरति गर्न पाउदा र दिनभरि अध्ययन गर्दै किताबहरु पढ्न पाउदा आत्मसन्तुष्टि भएको बताएका छन ।
– राम प्रसाद बन्जाडे