रास्वपाको स्पष्टीकरण– घोटाला भएका सबै सहकारीविरुद्ध छानबिन समिति बनाऔँ, रविको मात्रै बन्दैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो सभापतिमाथि छानबिन गर्न समिति बन्ने कसरतको नजिक पुग्दै गर्दा कांग्रेसले नै बिथोलेको आरोप लगाएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठक स्थगितपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टी सहप्रवक्ता एवं सांसद मनीष झाले यस्तो बताए ।

आफ्नो पार्टीका उपसभापति डा स्वणिम वाग्ले र कांग्रेस सहमहामन्त्री जीवन परियारबीच समिति गठनमा सहमति जुटिसकेपछि कांग्रेसले भत्किएकाको उनले बताए ।

उनले भने, ‘‘समिति बनाउने भनेर कार्यादेशमा छलफल भइसकेको थियो । कांग्रेस र रास्वपाका प्रतिनिधिविच सहमति नजिक पुगिएको थियो । हिजो दिनभर छलफलमा हामीसँग कांग्रेस सहमहामन्त्री जीवन परियार हुनुहुन्थ्यो । कुरा मिलेपछि कांग्रेसले उहाँ हाम्रो आधिकारिक प्रतिनिधि हुनुहुन्थ्यो भन्नुभयो । उहाँको तर्फबाट एकपक्षीय कार्यदेश आयो । हामीलाई जहाँ आरोप लगाइयो । हामी त्यही स्पष्टीकरण दिन चाहन्छौँ । अर्को कुरा हामी सबै सहकारीको छानबिन गरौँ भन्नेमा छौँ ।’’

-एनपी

 

अन्य समाचारहरु