-गोपाल प्रसाद भट्टराई।
बैशाख–0५,अर्घाखाँची । अर्घाखाँचीको धारापानीका अग्नी पीडितलाई अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले आर्थिक सहयोग प्रदान गरेको छ ।
गत बैशाख ८ गते जंगलमा लागेको डढेलो बस्तीमा पस्दा भूमिकास्थान–३ र ४ मा १५ घर र १५ वटा गोठ जलेर नष्ट भएपछि घरबास गुमाएकाहरुलाई अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले सहयोग रकम हस्तान्तरण गरेको हो ।
सिंगो बस्ती नै सखाप पार्नेगरि लागेको आगोले करोडौंको क्षति पुर्याउनुका साथै दर्जनौं पशुचौपाय समेत जलेर खरानी भएका छन् ।
बिपत्तिसंग सामना गर्न सबैको हातेमालो हुनुपर्छ भन्ने सोंचले अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको आयोजनामा आर्थिक संकलन गरिएको र सोही रकम राहत स्वरुप बितरण गरिएको मञ्चका अध्यक्ष रुद्र पौडेलले जानकारी दिनुभएको छ ।
रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहनुभएका नेपालीहरुले आफ्नो गास कटाएर संकलन गरि पठाएको ४ लाख २ हजार रुपैंया अग्निपिडितलाई हस्तान्तरण
गरिएको स्थानिय यज्ञ प्रसाद भुसालको भनाई छ ।
भूमिकास्थान नगरप्रमुख झविलाल थापा, भूमिकास्थान–३ का वडाध्यक्ष कृष्ण प्रसाद बन्जाडे, भूमिकास्थान नगरपालिकाका कृषि शाखा प्रमुख राम बहादुर थापा, भूमिकास्थान–३ का वडा सदस्य डाँसिराम भुसाल लगायत स्थानिय सरोकारवालाको रोहबरमा रकम हस्तान्तरण गरिएको हो ।
यसरी राहत प्राप्त गर्नेहरुमा कृष्णा ओली, रामु भुसाल, राजु भुसाल र बसन्ता मल्लले समान ३५/३५ हजार बुझ्नुभएको छ ।
यस्तै मनिराम भुसाल, देवी थापा ९आलें० र वडास्तरिय राहत कोषमा समान ३०/३० हजार प्रदान गरिएको दक्षिण कोरियाबाट सन्तोष भुसालले जानकारी दिनु भएको छ
। त्यस्तै आगलागी पिडित बिष्णु जि।एम।२५ हजार, रिखिराम भुसाल र रेसम परियारलाई समान २० /२० हजार, तिलक भुसाल र गंगा बहादुर वि।क।ले समान १५/१५ हजार, पदम भुसाल, खिम प्रसाद भुसाल, गंगा बहादुर भुसाल, नरिश्वर भुसाल र खुम प्रसाद भुसाललाई १०/१० हजार प्रदान गरिएको छ ।
दुर्गा बहादुर वि।क।, गंगा भुसाल र शोभाखर बन्जाडेले समान ७÷७ हजार रुपैयाँ र भुपलाल भुसाललाई ६ हजार रुपैंया राहत रकम हस्तान्तरण गरिएको छ ।
आगलागीले बास गुमेपछि छिमेकी र आफन्तजनको शरणमा बस्दै आएका आगलागी पिडितको घाउमा मल्हम बनेर पुग्ने दाताहरुलाई भूमिकास्थान नगरप्रमुख झविलाल थापा र पिडित परिवारले धन्यावाद ज्ञापन गरेका छन् ।
थप तस्बिर :