कांग्रेसलाई प्रचण्डको चेतावनी- विश्वासको मत लिँदा देखाएको व्यवहारको चर्को मूल्य चुकाउनुपर्छ

Nepatop
Global IME Bankप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने क्रममा नेपाली कांग्रेसले गरेको अवरोधको मूल्य कांग्रेसले चुकाउनुपर्ने बताएका छन् ।सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत मागेपछि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले कांग्रेसले आफूले विश्वासको मत लिँदा विरोध गरेर गल्ती गरेको बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले विगतमा आफूले कांग्रेसलाई पटक पटक साथ दिएको तर आज आफूविरुद्ध देखाएको व्यवहारको मूल्य चुकाउनुपर्ने बताए । उनले संविधानअनुसार विश्वासको मत लिन नदिएर कांग्रेसले इतिहासकै नराम्रो उदाहरण प्रस्तुत गरेको आरोप लगाए ।
श्रोत.शिला पत्र