सहयोगको लागि हार्दिक अपील !!!
अर्घाखाँचीको भुमिकास्थान-१० धन्चौर, पाकु निवासी ३५ बर्षिया अमृता गुरुङ जो अहिले पाठेघरको क्यान्सर भई वि.पि. कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचाररत हुनुहुन्छ । जसको पति टुक बहादुर गुरुङ्गको यस अगावै मृत्यू भैसकेको छ । जिवनको पिल्लर ढलेपछी नाबालक छोरा र आफ्नो गुजारा चलाउन भारतमा काम गर्दागर्दै उहाँ बिरामी पर्नुभयो ।
छोराको भविष्य उज्ज्ल बनाएर श्रीमानका अधुरा सपना साकार पार्ने र जिन्दगीको घरमा निभेको दियो बाल्ने लक्ष्य बोक्नुभएकी अमृता गुरुङ आफै थला परेपछी यो अवस्थामा आफू मरे छोराको हालत के होला ? यहि छट्पटीमा अस्पतालको वेडमा हुनुहुन्छ।
आर्थिक अवस्था निकै कमजोर र पारिवारिक अवस्था दयनिय रहेकोले सबैको सहयोग भए बाच्ने आशामा बस्नुभएकी अमृताले सबैसँग सहयोगको याचना गरिरहनुभएको छ।
तपाईं हाम्रो सबैको सानो-सानो सहयोगले पनि उहाँको ज्यान बँच्ने छ । तसर्थ तपाईंहरुपनि सहयोग गर्न चाहनुहुन्छ भने अमृता गुरुङ AMRITA GURUNG को Everest bank मा रहेको खाता नम्बर ०३९००५०१२०९९८५
डिपोजिट गरि सहयोग गर्न सक्नुहुनेछ।
सम्पर्कको लागि- ९७४८८१३६३७
तपाई, हाम्रो सानो सहयोगले कसैको जीवन बाच्छ भने किन नगर्ने तसर्थ सक्दो सहयोग सबैले गरौं !!!