कांग्रेसजस्तो पार्टी रवि लामिछानेको बिरुद्धमा खनिनु भनेको भंगेरा मार्न तोप बोकेर जानु सरह भएको उनले टिप्पणी गरे।
‘अहिले नेपाली कांग्रेसले केही सवाल उठायो, उठाएको पनि कुनै ठूलो कुरो भएको भए हुन्थ्यो, रवि लामिछाने की को भन्ने पात्रका बिरुद्ध कांग्रेस खनिएको छ। कांग्रेस जस्तो पार्टी रवि लामिछानेका विरुद्ध खनिएको छ। के खनिनु। भंगेरा मार्न जाने तोप बोकेर,’ ओलीले भने, ‘बल्लबल्ल राजनीतिमा आएको, एक वर्ष भयो।’
कांग्रेसले अघिल्लो दिन प्रधानमन्त्रीमा प्रस्ताव गर्ने र प्रस्ताव नमानेपछि सहकारी ठगको आरोप लगाउने अघ्र्यल्याईं गरेको आरोप लगाउँदै उनले संसदमा मुर्दावादको नारा लगाउन नमिल्ने र अप्रमाणित कुरा बोल्न पनि नहुने बताए।
‘नेपाली कांग्रेसले दुई तिरबाट अघ्र्यलाईं गरेको छ। एउटा बेलुका गएर तपाईं डेढ वर्ष प्रधानमन्त्री पहिलो प्रधानमन्त्री तपाईं खानुस् भन्ने। उसले त्यो कागजमा सही नगरेपछि भोलिपल्ट सहकारीको ठग भन्ने,’ ओलीले भने, ‘यो त सत्य हो नि त। यस्तो गर्नु हुँदैन। रातिसम्म प्रधानमन्त्रीका लागि ठिक, म यता लाग्न सक्दिन भनेपछि त्यसोभए तँ सहकारीको ठग। अलि मिलेन।’
-एनपी