क्रान्तिकारी पत्रकार सगठन नेपाल जिल्ला समिति अर्घाखाँचीले शुक्रबार आयोजना गरेको ईच्छुकको २२ औ स्मृति दिबसमा आयोजित बक्तृबकला प्रतियोगिता तथा अन्क्ररक्रिया कार्यक्रममा मन्तब्य राख्दै नेता चलाउनेले यस्तो बताउनुभएको हो ।
नेता चलाउनेले सहिद सेनको वैचारिक र सांस्कृतिक व्यक्तित्वको कारण संकटको बेलामा सँधै शिर उँचो राख्नको लागि प्रेरणा मिलि रहेको स्मरण गदै उहाँले पद, प्रतिष्ठा, मौकाको पछाडि कहिल्यै नलागेको सहिद सेनको जीवनीबाट सबैले पाठ सिक्नुपर्ने धारणा राख्दै सहिद कृष्णसेनले नेपालको परिबर्तनको लागि ठुलो त्याग र बलिदान गरी परिबर्तनमा महत्वपुर्ण भुमिका खेलेको बताएका थिए ।
कार्यक्रममा समाजबादी प्रेस सगठनका लुम्बिनी प्रदेश अध्यक्ष हृदय कुमार भुसाल ,पत्रकार महासघका पुर्ब अध्यक्ष शोभाखर पन्थी ,पत्रकार महासघका अध्यक्ष अशोक खनाल, नेपाल समाजबादी पार्टीका लुम्बिनी प्रदेश सदस्य पुष्करनाथ आचार्य ,राष्ट्रिय जनमोर्चाका अध्यक्ष थम्मन केसी, एकीकृत समाजबादीका अध्यक्ष राम ब चौहान
नेकपा एमाले का नेता सरोज भुसाल, नेपाली काग्रेसका नेता कृष्ण खनाल ,अखिल क्रान्तिकारीका लुम्बिनी प्रदेश ईन्चार्ज दिपक बिष्ट, क्रान्तिकारी कम्युनिस्ट पार्टीका बागमति प्रदेश सदस्य शकर शाही लगायतले मन्तब्य राख्दै ईच्छुकले देखाएको बाटोमा सदैब हिड्नुपर्ने बताएका थिए।
१३ बटा माध्यमिक विधालयका २३ जना विधार्थीकोे सहभागीता रहेको कार्यक्रममा ग्रिन ईङ्गिस बोडिङ्गका छात्र आशिष ज्ञवालीले प्रथम स्थान हासिल गरेका थिए।
भने अर्घाखाँची आबशिय बोडिङ्गका छात्र क्षितिज पुनले द्धितिय स्थान हासिल गरेका थिए भने जीबनउद्दार माध्यमिक विधालयका स्वतिक भुसालले तृतीय स्थान हासिल गर्नुभएको थियो । भने गौरीशकर बोडिङ्ग स्कुलकी छात्रा अनिशा खनालले शान्तवना स्थान हासिल गरेका थिए कार्यक्रममा प्रथम द्धितीय तृतीय सान्तबना स्थान हासिल गर्नेलाई नगद प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
कार्यक्रम सगठनका जिल्ला ईन्चार्ज अनिल नेपालीको अध्यक्षता पत्रकार सन्देश सापकोटाको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्लामा क्रियाशिल पत्रकार राजनितिक दल लगायतको उल्लेखनीय सहभागिताा रहेको थियो ।