अर्घाखाँचीमा जेठ १३ गतेबाट पोलियो रोग बिरुद्धको आईपीभी खोप अभियान संचालन हुने

 
-गोपाल प्रसाद भट्टराई,अर्घाखाँची ।

जेठ–१२,अर्घाखाँची – अर्घाखाचीमा पोलियो रोग बिरुद्धको आईपीभी खोप अभियान संचालन हुने भएको छ । वि.सं. २०७३ साल बैशाख देखि २०७५ साल असोज महिना भित्र जन्मिएका बालबालिकालाई लक्षित गरी अभियान संचालन गर्न लागिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।

मोरङमा जेठ १३ देखि बालबालिकालाई पोलियोविरुद्ध खोप अभियान - SangaloKhabar

जेठ १३ गतेदेखि १७ गते सम्म जिल्लाका ६ वटै पालिकामा एकैसाथ अभियान संचालन हुने स्वास्थ्य कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख शिव नेपालीले जानकारी दिनु भएको छ । यसका लागि अहिले जिल्लामा तयारी तिव्र बनाइएको छ ।

खोप अभियान संञ्चालनका लागि स्वास्थ्य कार्यालय अर्घाखाँचीले शुक्रबार आईपीभी खोप अभियान जिल्ला स्तरिय अभिमुखिकरण समेत आयोजना गरेको छ । जिल्ला समन्वय समिति प्रमुख तथा जिल्ला स्तरिय खोप समन्वय समिति संयोजक जिवनाराण कोइराला, सन्धिखर्क नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, सुरक्षा निकायका प्रमुख र क्रियाशिल पत्रकार तथा सन्चारकर्मिको उपस्थितिमा सन्धिखर्कमा सम्पन्न कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका जनस्वास्थ्य निरिक्षक गणेशराज पौडेल, सुचना अधिकारी विजय वराल लगायतले सहजीकरण गर्नुभएको थियो ।

जिल्लामा पोलियो रोग बिरुद्धको आईपीभी खोप अभियान मार्फत करिब ८ हजार बालबालिकालाई खोप दिइने लक्ष्य राखिएको छ । खोप अभियानमा खोप लगाउन छुटेका बालबालिकालाई एक मात्रा आइपिभि खोप लगाउन राष्ट्रिय खोप सल्लाहकार समितिको २०७९ मसिर २५ गतेको बैठकले सिफारिस गरेको थियो ।

सोही सिफारिसको आधारमा चालु आर्थिक बर्ष २०८०÷८१ मा खोप अभियानका लागि बजेट विनियोजन भएको र अभियान संचालन गर्न लागिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अर्घाखाँची जिल्लाका विद्यालयहरुमा खोप केन्द्र रहने भएकाले पायक पर्ने विद्यालयमा लगेर आफ्नो बालबालिकालाई खोप लगाउन कार्यक्रमका वक्ताहरुले आग्रह गर्नुभएको छ । स्वास्थ्यकर्मिका अनुसार पोलियो रोग लागेका व्यक्तिलाई अतिशिघ्र लुलो पक्षघातसँगै मृत्यु सम्म हुन सक्छ । ५ बर्ष मुनिका बालबालिकालाई यो रोग लाग्ने बढी जोखिम हुने भएकोले खोप लगाउन स्वाथ्यकर्मीहरुको आग्रह छ ।

 

अन्य समाचारहरु